मारवाडी सेवा समिति नेपाल – एक परिचय

पृष्ठभुमि

     मारवाडी समाजका कर्मठ युवाहरुको संगठित प्रयासबाट सम्बत् २०१० सालमा मानवीय सेवा कार्यहरु संचालन गर्ने पवित्र उद्देश्य लिएर काठमाडौमा मारवाडी सेवा समिति नेपालको स्थापना गरिएको थियो । परोपकार संस्थापछिको सामाजिक सेवा कार्य सञ्चालन गर्ने गरी दोस्रो सामाजिक संस्थाकोरुपमा मारवाडी सेवा समिति नेपाल स्थापना भएको थियो । ंस्थापनाको केही वर्ष ईन्द्रचोकमा २ वटा कोठा बहालमा लिएर सामाजिक सेवा कार्य प्रारम्भ गरेको मारवाडी सेवा समिति नेपालले २०१४ सालदेखि फसिकेबमा करिब २ रोपनी क्षेत्रफलको पुरानो घरजग्गा खरिद गरी सेवा कार्यलाई आफ्नै भवनबाट संचालन गर्न थाल्यो । मारवाडी सेवा समिति नेपालले आपसी चन्दा सहयोगबाट पुरानो घरजग्गालाई आवश्यक मर्मत संभार गरेर काठमाडौ बाहिरबाट आउने यात्रुहरुका लागि २०१५ सालदेखि सेवासदनमा भएका १६ कोठाहरु प्रतिकोठा रु १।– देखि रु २।– सम्म सहयोग शुल्क लिई बढीमा सातदिनसम्म बस्न पाउने गरी दिने व्यवस्था थियो ।

     मारवाडी सेवा समिति नेपालले सम्वत् २०६० साल माघ १४ गते बुधवारका दिन सेवासदनमा तत्कालिन राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा रानी कोमल राज्यलक्ष्मी देवी शाहको बरद बाहुलीबाट स्वर्णमहोत्सव समारोहको समुद्घाटन सुसम्पन्न भई सेवा समितिको चोकमा रहेको स्वर्ण महोत्सव प्रतिकको अनाअवरण गराइएको थियो । सेवा समितिले स्वर्ण महोत्वसको अवसर पारी सोही वर्ष रु. ५ को संस्मरणात्मक हुलक टिकट र रु २५० को संस्मरणात्मक चाँदीका सिक्का सार्वजनिक गरिएको थियो ।

निःशुल्क होमियो दातव्य चिकित्सालय ः   

समितिको स्थापनाकालदेखि नै निरन्तररुपमा रहेको तथा समितिको पहिचान समेत भइसकेको निःशुल्क होमियोप्याथिक चिकित्सा सेवा प्रभावकारीरुपमा संचालनमा रहेको छ । चिकित्सालयमा मेडिकल डिस्पेन्सरीको अलावा एक्युप्रेशर सेवा पनि उपलब्ध गराईन्छ । यस आ.व.मा जम्मा ४९,०१३ जना महानुभावहरु यस सेवा कार्यबाट लाभान्वित हुनु भएको छ ।

निःशुल्क शववाहन सेवा ः

सम्वत् २०४१ सालदेखि काठमाडौं उपत्यकामा सर्वप्रथम समितिबाट उपलब्ध गराईएको यस सेवा कार्यलाई निरन्तरता दिंदै अझ प्रभावकारी रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । यस आ.व.मा ११८० वटा शवहरुलाई विभिन्न अस्पताल एवं घरहरुबाट घाटसम्म पु¥याई आवश्यक मानवीय सेवा प्रदान गरेको छ ।

निःशुल्क एम्बुलेन्स सेवा ः

     मानवीय सेवा कार्यमा अर्को फड्को मार्दै “स्वास्थ्य चेतना अभियान” कार्यक्रममा प्रयोग गरिएको एम्बुलेन्स सेवालाई उपत्यका भित्र विरामीहरु ओसारपसारमा प्रयोग हुने गरी मिति २०६७ पुस ३ गतेबाट संचालनमा ल्याइएको छ । यस सेवाबाट ०६८ आषाढ मसान्तसम्ममा ७५३ जना विरामीले लाभ लिइसकेको छन्।

रक्तदान कार्यक्रम र सहयोग ः

समितिले रक्तदान कार्यक्रम आयोजना गर्ने विभिन्न संघ संस्थाहरुलाई फलपूmल तथा पेय पदार्थको सहयोग गर्दै आइरहेको छ । यस अन्तर्गत यस आ.व.मा ५५७० जना रक्तदाताहरुलाई जुस तथा फलफुल उपलब्ध गराइएको थियो ।

खानेपानी सेवा एवं अन्य सहयोग ः

सेवा समितिले हरेक वर्ष गर्मीको समयमा उपत्यकाका व्यस्त सार्वजनिक स्थानहरुमा निःशुल्क शुद्ध खानेपानी (मिनरल वाटर) सेवा प्रदान गर्दै आइरहेकोमा यस वर्ष ०६७ चैत्र देखि २०६८ साल आषाढ मसान्तसम्ममा उपत्यकाका व्यस्त सार्वजनिक स्थानहरुमा खानेपानी बुथ राखि सेवा प्रदान गरिएको छ । अस्थायी रुपमा श्रावण महिनाभर प्रत्येक हप्ताको सोमबार र शनिवार सानो पशुपतिमा खानेपानीको व्यवस्था गरिएको र मख्खन स्थित तारिणी प्राथमिक विद्यालयको अनुरोधमा दैनिक रुपमा खानेपानी प्रदान गरिंदै आए छ । साथै विभिन्न संघसंस्थाले आयोजना गर्ने धार्मिक एवं सामाजिक कार्यक्रमहरुमा खानेपानीको लागि सहयोग माग भई आएमा समितिले निःशुल्क खानेपानी प्रदान गर्दै आइरहेको छ ।

अन्य सहयोग

     हनुमान ढोकामा राखिएका थुनुवा कैदीहरुको लागि उपयोग गर्न औषधि उपचार, कम्बल लगायत अन्य मानवीय सहयोग गर्दै आइरहेको छ ।

स्वास्थ्य चेतना अभियानः

     समितिद्वारा २०६५ साल श्रावणदेखि थालनी गरिएको “स्वास्थ्य चेतना अभियान” कार्यक्रम अन्तर्गत प्रत्येक शनिबार उपत्यकाको ग्रामीण भेगमा बसोबास गर्ने ४० वर्षभन्दा माथिका महिला तथा पुरुषको रक्तचाप, रगतमा चिनीको मात्रा आदि तथा आवश्यक भएमा कार्डियोगं्राम जाँच गरी नीजहरुको स्वास्थ्यस्थिति बारे जानकारी गराउँदै आइरहेको छ । यस कार्यक्रम अन्तर्गत हालसम्म ८७ स्थानमा शिविर सम्पन्न भई १२,२६४ जना लाभान्वित भएका छन् ।

योग कक्षाः

     सेवासदनको माथिल्लो तल्लाका सभाकक्षहरुमा विगत ४ वर्षदेखि नियमितरुपमा पतञ्जली योगपीठ, हरिद्वारबाट प्रशिक्षित प्रशिक्षकहरुद्वारा निःशुल्क योग कक्षा सञ्चालन भैरहेको छ ।

छात्रवृत्तिः

       मारवाडी सेवा समिति नेपालद्वारा अक्षयकोष खडा गरी आर्थिक दृष्टिले कमजोर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सेवासदनः

     सेवासदनमा बाहिरबाट आउने तीर्थयात्री तथा कामको सिलसिला र भ्रमणमा आउने स्वदेशी एवं विदेशी अतिथिहरुका लागि आवश्यक सुविधासम्पन्न टेलिभिजन, टेलिफोन तथा तातो चिसो पानिको सुविधासहित ७५ वटा कोठा र सुपथ मूल्यका ४ वटा डोरमेटरीको सुविधा उपलब्ध गराएको छ । सेवासदनको माथिल्लो तल्लामा रहेको श्री हल तथा स्व. बिहारीलाल स्मृतिकक्षमा विभिन्न सामाजिक, धार्मिक कार्यक्रमहरु आयोजना हुँदैआएको छ । सेवा समितिको परिसरभित्र सहुलित दरमा शुद्ध शाकाहारी भोजनालय, ट्राभल, टेलिफोन, इमेल, इन्टरनेट जस्ता महत्वपूर्ण सुविधाहरु उपलब्ध गराइएको छ ।

गौशाला

नेपालमा पहिलो पटक मारवाडी सेवा समिति नेपालले विभिन्न ठाउँमा बेवारिसे रुपमा लुला, लंगडा, अपांग, पेट ठूलो भएका, खुट्टा भाँचिएर बाटोमा असहाय भई छाडिएका गाईहरुलाई त्यस्ता ठाउँबाट ल्याई श्री पशुपति गौशाला धर्मशालामा राखि स्याहार सम्भार गर्दै आइरहेको छ । उक्त स्थानमा हाल यस्ता गाईहरुको संख्या बढ्दै गएको हुँदा ठाउँको अभावमा उचित स्याहार सम्भार गर्न नसकिएको हुँदा गौ सेवाको लागि मारवाडी सेवा समिति नेपालले धादिङ जिल्ला नौविसे गा.वि.स. वडा नं. १ (क) स्थित  २४–११–०–० जग्गा खरिद गरिसकिएको छ । उक्त जग्गामा निकट भविष्यमा नै गौशाला निर्माण कार्य थालनी गर्नुका साथै आवश्यक नपुग जग्गा पनि खरिद गर्ने योजना रहेको छ ।

WhatsApp chat